प्रधानमन्त्रीले लिँदैछन् विश्वासको मत, दुई तिहाइ बढी सांसदले गर्नेछन् पक्षमा मतदान

हिमाल प्रेस ६ साउन २०८१ ७:१५ | Sunday, July 21, 2024
प्रधानमन्त्रीले लिँदैछन् विश्वासको मत, दुई तिहाइ बढी सांसदले गर्नेछन् पक्षमा मतदान केपी ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। आज प्रधानमन्त्रीले आज संसद्बाट दुई तिहाइभन्दा बढी पाउने एमाले स्रोतको दाबी छ। एमाले संसदीय दलका अनुसार १९३ मत मत पाउने अनुमान छ। ‘सबै दलका सांसद उपस्थित भए यति मत आउँछ,’ एमाले स्रोत भन्छ,‘तर, दुईतिहाइभन्दा बढी मत आउँछ।’

नेपाली कांग्रेस ८८, एमाले ७७, जसपा (दुवै) १२, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ४, दुई स्वतन्त्र, जनमत ६ ले मतदान गर्नेछन्। यसो हुँदा ओलीको विपक्षमा ७७ मत हुनेछ।

ओली गएको वैशाख ३० मा प्रधानमन्त्री नियुक्त भएका हुन्। संविधानतः नियुक्ति भएको ३० दिनभि विश्वासको मत लिनुपर्ने हुन्छ। आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक राखिएको छ।

प्रकाशित: ६ साउन २०८१ ७:१५ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast