प्रधानमन्त्रीले भने : शुभकामना डिजिटल माध्यमबाट दिनुहोला

हिमाल प्रेस २ साउन २०८१ ८:२७ | Wednesday, July 17, 2024
प्रधानमन्त्रीले भने : शुभकामना डिजिटल माध्यमबाट दिनुहोला

काठमाडौँ- नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट बधाई तथा शुभकामना दिन शुभेच्छुकहरूलाई अनुरोध गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भीड बढेपछि उनले यस्तो अनुरोध गरेका हुन्।

प्रधानमन्त्री ओलीले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न पनि अनुरोध गरे। ‘शुभ प्रभात, विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु ।’ प्रधानमन्त्री ओलीले बुधबार बिहान फेसबुकमा लेखेका छन्।

प्रकाशित: २ साउन २०८१ ८:२७ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast