प्रधानमन्त्रीले दिँदैछन् सचिवलाई निर्देशन

हिमाल प्रेस १५ साउन २०८१ १०:०९ | Tuesday, July 30, 2024
प्रधानमन्त्रीले दिँदैछन् सचिवलाई निर्देशन केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरुलाई आवश्यक निर्देशन दिने भएका छन्। गत आइतबार ६ घण्टा सबै सचिवहरुसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा राय लिएका थिए।

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार सचिवहरूले निर्माण व्यवसायीको भुक्तानीको समस्यादेखि संविधानसँग बाझिएका कानुनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।

सचिवको ब्रिफिङ सुनेका ओलीले आज दिउँसो २ बजे सबै सचिवहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए। बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी हुनेछन्।

प्रकाशित: १५ साउन २०८१ १०:०९ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast