प्रधानमन्त्री दाहाल
काठमाडौँ– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकपछि ह्वीप जारी गरिएको हो।
एमाले र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही २८ असारमा विश्वासको मत लिने तयारी गरेका छन्। बहुमतका लागि १३८ सिट आवश्यक पर्ने भए पनि माओवादी केन्द्रसँग ३२ सिट मात्र छ। उनलाई रास्वपाको पनि साथ छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि समर्थन कायमै रहेको जनाएको छ। जनमत पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।
प्रकाशित: २६ असार २०८१ १६:४९ | Wednesday, July 10, 2024
प्रतिक्रिया





