प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी, रास्वपा र नेकपा एसको निर्णय

हिमाल प्रेस ४ साउन २०८१ १८:५० | Friday, July 19, 2024
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी, रास्वपा र नेकपा एसको निर्णय

काठमाडौँ- आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। प्रतिपक्षमा रहेका तीन दलले भने आज शुक्रबार बैठक बसेर विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन्।

आज सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछाने र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूबीचको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

‘सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भयो,’ बैठकपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘तीनवटै दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने विपक्षमा मतदान गर्ने निर्णय भएको छ।’

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि ओलीले प्रधानमन्त्री नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन्। ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। ओलीलाई एमाले-कांग्रेससहित, लोसपा, जसपा, जसपा नेपाल र जनमतले सरकारलाई समर्थन गरेका छन्।

प्रकाशित: ४ साउन २०८१ १८:५० | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast