प्रधानमन्त्रीको रुपमा प्रचण्डको अन्तिम सम्बोधन हो कि भन्ने महसुस भयो : योगेश भट्टराई

हिमाल प्रेस २८ असार २०८१ १५:०० | Friday, July 12, 2024
प्रधानमन्त्रीको रुपमा प्रचण्डको अन्तिम सम्बोधन हो कि भन्ने महसुस भयो : योगेश भट्टराई

काठमाडाैँ- नेकपा एमालेका सासद योगेश भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि प्रधानमन्त्रीका रुपमा भाषण गर्ने दिन नफर्कने जसरी अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा उनले अब प्रचण्डले प्रधानमन्त्री पद माया मारेको जस्तो आफूलाई लागेको बताए।

‘प्रधानमन्त्रीजीले झण्डै एक घण्टा २२ मिनेटको वक्तव्य दिनुभयो। मलाई कस्तो लाग्यो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ। उहाँको भाषण सुनिरहँदा सायद यो रोष्टममा प्रधानमन्त्रीको हैसियतले अब फेरि भाषण गर्ने दिन फर्कंदैन कि भनेर भन्ने सोच्नु भएजस्तो महसुस मलाई भयो,’ उनले भने, ‘प्रधानमन्त्री पद माया मारेको जस्तो महसुस गरेँ। त्यसैले होला थुप्रै आक्रोश पोख्नुभयो।’

भट्टराईले प्रचण्ड पार्टीको नेता र सांसद कायमै रहने भएकाले जवाफदेही हुनुपर्छ भन्ने विचार नगरेको बताए। आजको अभिव्यक्तिले जिन्दगीभर त्यसको जवाफ दिनुपर्छ कि भन्ने आफूलाई लागेको योगेशको भनाइ छ।

‘एउटा नेता जसले बोल्छ। त्यसको जवाफ जिन्दगीभर दिनुपर्छ। आज बोलेको कुराले जिन्दगीभर जवाफ दिनुपर्छ जस्तो लागेको छ,’ भट्टराईले भने।

प्रकाशित: २८ असार २०८१ १५:०० | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast