प्रदेश सरकारलाई थप प्रभावकारी काम गर्न जनमत पार्टी सचिवालयको सुझाव

हिमाल प्रेस १२ साउन २०८१ १९:२७ | Saturday, July 27, 2024
प्रदेश सरकारलाई थप प्रभावकारी काम गर्न जनमत पार्टी सचिवालयको सुझाव

जनकपुरधाम- जनमत पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश सरकारको कामकारबाही थप प्रभावकारी बनाउन सुझाव दिएको छ।

जनकपुरधामस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले मधेश सरकारलाई थप चलायमान र प्रभाकारी बनाउन पार्टीका तर्फबाट चारबुँदे सुझाव दिएको पार्टी प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

शुक्रबारदेखि सुरू भएको बैठक आज सम्पन्न भएको हो। ‘दुई दिनसम्म चलेको बैठकमा पार्टीले मधेस सरकारको कार्यभार सम्हालेपछि गरेका काम, देखापरेका समस्या र चुनौतीका बारेमा छलफल गरिएको थियो,’ प्रवक्ता यादवले भने, ‘सरकारलाई अझ बढी चलायमान र कामकारबाहीको प्रभावकारिता बढाउन सबैले सुझाव दिएका थिए। सोहीअनुसार हामीले सरकारलाई चार बुँदे सुझाव दिने निर्णय गरेका छौँ ‘

बैठकले प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्न र रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्नतर्फ केन्द्रीत हुन मुख्यमन्त्री सतिशकुमार सिंहलाई आग्रह गरेको छ।

बैठकबाट प्राप्त सुझाव र जनतालाई फाइदा हुनेगरी काम गर्न आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताएको प्रवक्ता यादवले जानकारी दिए।

प्रकाशित: १२ साउन २०८१ १९:२७ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast