पेरिस ओलम्पिक : पौडीबाज शाहले राखे राष्ट्रिय कीर्तिमान

हिमाल प्रेस १५ साउन २०८१ १५:२३ | Tuesday, July 30, 2024
पेरिस ओलम्पिक : पौडीबाज शाहले राखे राष्ट्रिय कीर्तिमान

काठमाडौँ- नेपाली पौडीबाज एलेक्स शाह पेरिस ओलम्पिक- २०२४ मा राष्ट्रिय कीर्तिमान बनाइ बाहिरिएका छन्। आज मंगलबार भएको सय मिटरको पुरुष फ्रिस्टाइलको छनोट चरणमा तेस्रो भए पनि उनी अर्कोचरणमा भने प्रवेश भएनन्।

शाहले गत वर्ष फेब्रुअरीमा दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेण्डमा सय मिटर पार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। उनले आज आफ्नै रेकर्ड पनि ब्रेक गरेका छन्। आज उनले ५१.९१ सेकेन्डमा पार गरे। यसअघि उनले २०२१ मा भएको टोकियो ओलम्पिकमा ५३.४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए।

 

प्रकाशित: १५ साउन २०८१ १५:२३ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast