पेरिस ओलम्पिकमा नेपालका ब्याडमिन्टनका सहभागी प्रिन्स दाहाल पहिलो चरणमै पराजित

हिमाल प्रेस १३ साउन २०८१ ६:२० | Sunday, July 28, 2024
पेरिस ओलम्पिकमा नेपालका ब्याडमिन्टनका सहभागी प्रिन्स दाहाल पहिलो चरणमै पराजित

काठमाडौँ- नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा पराजित भएका छन्।  गएराति भएको समूह ‘पी’ को खेलमा प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसन विरुद्ध सोझो सेटमा पराजित भएका हुन्।

भिक्टरसँग प्रिन्स २१–८ र २१–६ ले सोझो सेटमा पराजित भएका हुन्। प्रिन्सले अझै २ खेल खेल्न बाँकी छ। प्रिन्सले समूह चरणको दोस्रो खेलमा आयरल्यान्डका नियात नुयनसँग सोमबार खेल्नेछन्।

समूह चरणको अनितम खेलमा इजरायलका मिसा जिल्वरमन नयुनसँग खेल्न बाँकी छ। नियात वरियताको ४३ औँ र जिल्वरमन ५९ औँ स्थानमा छन्।

प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा छन्। प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिकका लागि छनोट भएका हुन्। यसअघि गए राति नै भएको खेलमा टेवल टेनिसका नेपाल स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमा पराजित हुँदै बाहिरिसकेका छन्।

पेरिस ओलम्पिकमा आइतबार अन्य दुई खेलाडीको स्पर्धा रहेको छ। सुटिङकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा स्पर्धा गर्नेछिन्। पौडीमा डुवाना लामाले हिट चरणमा स्पर्धा गर्ने तालिका छ। पेरिस ओलम्पिकमा नेपालका ७ खेलाडीले ६ खेलमा आफ्नो चुनौती दिनेछन्।

प्रकाशित: १३ साउन २०८१ ६:२० | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast