फाइल तस्बिर।
काठमाडौँ- प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनको निजी निवास चपली पुगेका छन्।
चपलीमा एमालेका अन्य नेताहरू पनि छन्। पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएको एमाले नेताहरुले बताएका छन्।
ओलीलाई आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रकाशित: ३० असार २०८१ २०:२८ | Sunday, July 14, 2024
प्रतिक्रिया



