‘पूर्ण बहादुर सांरङ्गी’ को छायांकन सकियाे, प्रदर्शन कहिले?

हिमाल प्रेस १३ साउन २०८१ १६:३५ | Sunday, July 28, 2024
‘पूर्ण बहादुर सांरङ्गी’ को छायांकन सकियाे, प्रदर्शन कहिले?

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुर सांरङ्गी’ को  छायांकन सकिएको छ।  फिल्मका कलाकार प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत छायांकन सकिएकाे जानकारी दिएका हुन्।

गत जेठ २४ गतेबाट छायाकंन सुरु गरिएको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सम्पन्न गरिएको थियो भने काठमाडौं उपत्यकामा चार दिनको दृश्य खिचेर दोस्रो चरणको छायांकन सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए।

छायांकन सकिएसँगै निर्माता पौडेलले फिल्म आगामी दसैँमा प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी दिए। उनले भने, ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतमा कुनै कुराको कमी नगरी समयमा छायांकन सम्पन्न गर्न पाइयो, अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ।’

सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्म सेभेन सिज सिनेमाको प्रस्तुति छ। सामाजिक कथावस्तुमा बनेको फिल्म गन्धर्व समुदायको कथामा आधारित छ।

फिल्ममा प्रकाशसहित विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, भोलाराज सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, जान्भि पौडेललगायतको अभिनय छ।

फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त शिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहनेछ।

प्रकाशित: १३ साउन २०८१ १६:३५ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast