‘पूर्णविराम’ को सो थपियो

हिमाल प्रेस ३० असार २०८१ १५:०० | Sunday, July 14, 2024
‘पूर्णविराम’ को सो थपियो

काठमाडौँ- कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक ‘पूर्णविराम’ को  ६ दिन सो थपिएको छ। दर्शकको माग अनुसार सो थपेको निर्देशक आरुष मगरले बताए।

अब नाटक साउन ४ गतेसम्म साँझ ५ः१५ बजे नियमित मञ्चन हुनेछ। आरुष मगरको परिकल्पना तथा निर्देशनमा बनेको नाटक यसअघि असार १७ देखि २९ सम्म मञ्चन गरिएको थियो।

नाटक प्रकृति र पर्यावरणसँग सम्बन्धित छ। नाटकमार्फत स्वच्छ वातावरणमा जिउन मानिसले पर्यावरण जोगाउनुपर्ने सन्देश दिन खोजिएको छ।

आरुषको पहिलो निर्देशन हो। कवि सुरज पराजुलीको लेखन रहेको नाटकमा रिनेक्श बस्नेत, मिना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारु, विध्यक तिलक, वसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापामगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापामगर, वाई यस पौडेललगायत कलाकारको अभिनय छ।

प्रकाशित: ३० असार २०८१ १५:०० | Sunday, July 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast