पहिरोमा परी दुईजनाको मृत्यु

हिमाल प्रेस १ साउन २०८१ १३:३७ | Tuesday, July 16, 2024
पहिरोमा परी दुईजनाको मृत्यु सांकेतिक तस्बिर

किमाथाङ्का, (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलामा आज बिहान खसेकाे पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए।

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए। ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए।

प्रकाशित: १ साउन २०८१ १३:३७ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast