 
                             
                                            वीरगञ्ज- आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए ।
आव २०७९/८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए। आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए।
                            प्रकाशित: १३ साउन  २०८१ ९:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 