परराष्ट्रमन्त्री आरजु राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई

हिमाल प्रेस १ साउन २०८१ १३:०७ | Tuesday, July 16, 2024
परराष्ट्रमन्त्री आरजु राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई आरजु राणा देउवा

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भारत र पाकिस्तानी समकक्षीले बधाई दिएका छन्।

भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकर र पाकिस्तानी विदेशमन्त्री इशाक दारले नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा मन्त्री राणालाई बधाई दिँदै कार्यकालको शुभकामना दिएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री जयशंकरले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउन परराष्ट्रमन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन्।

यस्तै, पाकिस्तानका विदेशमन्त्री दारले पनि समकक्षी डा. राणालाई शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको बताएको पाकिस्तानी दूतावासले जनाएको छ। राणा सोमबार मन्त्री नियुक्त भएकी हुन्।

प्रकाशित: १ साउन २०८१ १३:०७ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast