परम्परागत शैलीमा पुनःनिर्माण गरिँदै भद्रकाली मन्दिर परिसर

हिमाल प्रेस २७ असार २०८१ २०:५९ | Thursday, July 11, 2024
परम्परागत शैलीमा पुनःनिर्माण गरिँदै भद्रकाली मन्दिर परिसर काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोल बिहीबार भद्रकाली मन्दिर परिसर पुनः निर्माण कार्यको शिलान्यास गर्दै। तस्बिर : रासस

काठमाडौँ– भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु गरिएको छ। ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण सुरु गरिएको हो। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बिहीबार मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गरिन्।

महानगर प्रमुख बालेन शाहले भद्रकाली मन्दिरलाई विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा बनाउन सुरु गरेको जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन्। छानो झिँगटीको हुनेछ।’ स्थानीय र पुरातत्त्व विभागले बेलायती शैलीमै बनाउन माग गरे पनि आफूहरूको अडान नेवारी परम्परागत शैलीमै रहेको र त्यही शैलीमा बन्ने उनको भनाइ छ।

२०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन। मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन्। कामपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इन्जिनियर रवीन्द्र रिजालका अनुसार तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको ठेक्का पाएको छ।

उत्तर (भृकुटीमण्डप) तर्फ दुईवटा ब्लक आपसमा जोडिने जनाइएको छ। दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोलपम्पतर्फ) तीन वटा ब्लक हुने र यिनीहरु पनि आपसमा जोडिएको हुने महानगरले जनाएको छ। यसरी पुनःनिर्माण हुने भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुने जनाइएको छ। यसको डिजाइन कामपा सहरी योजना आयोगले तयार पारेको हो।

प्रकाशित: २७ असार २०८१ २०:५९ | Thursday, July 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast