पद्मश्री साहित्य पुरस्कारका लागि छानिए ५ पुस्तक

हिमाल प्रेस १५ साउन २०८१ १९:२५ | Tuesday, July 30, 2024
पद्मश्री साहित्य पुरस्कारका लागि छानिए ५ पुस्तक

काठमाडौँ- पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकको संक्षिप्त सूची आज (मंगलबार) सार्वजनिक गरिएको छ। सार्वजनिक सूचीमा अद्वैत (उपन्यास, कृष्ण गौतम), अर्को देशमा (कथा संग्रह, सानु शर्मा), गल्ली संसार (निवन्ध संग्रह, रोशन शेरचन), जोगियाना (संस्मरण, कुमार नगरकोटी), र भृकुटी (उपन्यास, गोविन्द प्रसाद कुसुम) समेटिएका छन्।

खेमलाल(हरिकला लामिछाने प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त पुस्तकमध्येबाट पुरस्कार चयन समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरिएको थियो। संक्षिप्त सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कार चयन गर्नेछ।

प्रकाशित: १५ साउन २०८१ १९:२५ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast