नारायणी नदी। फाइल तस्बिर।
काठमाडौँ- अविरल वर्षाका कारण नारायणी नदीको देवघाटमा जलसतहले सतर्कता तह पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय हुँदा निरन्तर वर्षासँगै नारायणीमा भोलि समेत बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ।
मर्स्याङ्दी नदी विमलनगरमा पनि जलसतह सतर्कता तहनजिक पुग्ने महाशाखाको अनुमान छ। नदीतटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन सचेत गराइएको छ।
प्रकाशित: २७ असार २०८१ ११:०४ | Thursday, July 11, 2024
प्रतिक्रिया



