नयाँ संसद् भवनको काम समयमै सम्पन्न गर्न मन्त्री सिंहको निर्देशन

हिमाल प्रेस १५ साउन २०८१ १२:२२ | Tuesday, July 30, 2024
नयाँ संसद् भवनको काम समयमै सम्पन्न गर्न मन्त्री सिंहको निर्देशन

काठमाडौँ- उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनलाई समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन्।

मंगलबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै निर्माणका लागि देखिएको समस्या समाधान गर्दै समयमा नै सम्पन्न गर्न निर्देशन दिएको हो। उनले सदनको अगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरी काम सम्पन्न गर्ने लक्ष्य लिइएको उल्लेख गरे।

पर्याप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाइ भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उनले बताए। सिंहले अनुमगनपछि निर्माणमा देखिएका समस्यालाई आफूले समाधानका लागि पहल गर्ने जिकिर गरे। ठेकेदार कम्पनीलाई बोलाएर समयमा नै सम्पन्न गर्न देखिएका जटिलता हटाउने उनको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारमा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ। १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ।

प्रकाशित: १५ साउन २०८१ १२:२२ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast