नयाँ मन्त्री खादा, मालामै रमाइरहेका छन् : शेखर कोइराला

हिमाल प्रेस ८ साउन २०८१ १६:४० | Tuesday, July 23, 2024
नयाँ मन्त्री खादा, मालामै रमाइरहेका छन् : शेखर कोइराला शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले खादा, माला र स्वागतमै समय बिताइरहेको बताएका छन्। आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई काममा ध्यान दिन आग्रह गरेको उनको भनाइ छ।

उनले सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको बताए। उनले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताए। उनले राष्ट्रलाई प्राथमिकता राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताए।

सांसद कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताए। उनले संविधान संशोधन गर्दा संसदभित्रका सबै राजनीतिक दलसँग सहमति गरेर नै अघि बढ्नुपर्ने बताए। दुई तिहाइ बहुमतको दम्भ गरेर संविधान संशोधन गर्न नहुने बताए।

संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको पनि आरोप लगाए।

कोइरालाले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए। उनले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताए।

उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुसी प्रकट गरे। उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताए।

प्रकाशित: ८ साउन २०८१ १६:४० | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast