 
                             
                                            काठमाडौँ- नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षको नियुक्ति गर्ने प्रक्रियाका लागि नयाँ समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानो प्रक्रिया रद्द भएपछि नयाँ समिति गठन गरेको हो।
समिति सदस्य भने पुरानै राखिएको छ। तीन सदस्यीय समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ रहेका छन्। त्यस्तै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्यका रुपमा र अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला पुनः नियुक्त भएका छन्।
                            प्रकाशित: १७ असार  २०८१ २१:३८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 