देश बनाउने जिम्मा एमालेको काँधमा : शंकर पोखरेल

हिमाल प्रेस १६ साउन २०८१ ८:३४ | Wednesday, July 31, 2024
देश बनाउने जिम्मा एमालेको काँधमा : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश निर्माणको जिम्मा एमालेको काँधमा रहेको बताएका छन्। नेकपा एमाले दाङको प्रथम पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव पोखरेले देश बनाउनको लागि पहिला पार्टीलाई राम्रो बनाउनु पर्ने बताए। उनले पार्टी निर्माणमा लाग्न सबै नेता कार्यकर्ताहरूलाई आग्रह गरे।

‘एमालेका नेता कार्यकर्ताहरूको काँधमा समृद्ध मुलुक निर्माण गर्ने दायित्व थपिएको छ’, पोखरेलले भने। पोखरेलले पार्टी बलियो बनाउन पार्टीलाई जनतासँग जोड्नु पर्ने बताए। जनतासँग नजोडिएको पार्टीलाई जनताले विश्वास नगर्ने बताउँदै उनले जनतासँग अभियानलाई तीव्रता दिन आग्रह गरे।

पोखरेलले नेकपा एमालेलाई जनताको रोजाइको पहिलो पार्टी बनाउनु पर्ने बताए।

प्रकाशित: १६ साउन २०८१ ८:३४ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast