देउवासँग कोइराला समूहको असन्तुष्टि, प्रदेश मन्त्री पठाउने विषयमा सल्लाह नगरेको आरोप

हिमाल प्रेस ९ साउन २०८१ २१:०३ | Wednesday, July 24, 2024
देउवासँग कोइराला समूहको असन्तुष्टि, प्रदेश मन्त्री पठाउने विषयमा सल्लाह नगरेको आरोप

काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश सरकारमा मन्त्रीहरू पठाउने विषयमा आफूहरूसँग सल्लाह नगरेको भन्दै शेखर कोइराला समूहले असन्तुष्टि जनाएको छ। प्रदेश सरकार गठन र मन्त्री बनाउने विषयमा देउवाले नेता शेखर कोइरालासँग सल्लाह र समन्वय नगरेको आरोप लगाइएको छ।

‘सभापति देउवाले प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरूका सवालमा अहिलेसम्म नेता शेखर कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नै गर्नुभएको छैन,’ कोइराला निकट एक नेताले भने।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए। छलफलमा कोशीमा २, बागमतीमा ३, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना मन्त्री आफ्नो समूलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।

बैठक सकिएलगत्तै कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समूहको धारणा सुनाएको एक नेताले बताए। तर अहिलेसम्म पार्टी सभापतिबाट कुनै जबाफ नआएको उनको भनाइ छ।

शेखर कोइरालाको सचिवालयले पनि विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चारमाध्यममा आएका समाचारबाहेक नेता कोइराला पूर्णरूपमा बेखबर रहेको जनाएको छ।

प्रकाशित: ९ साउन २०८१ २१:०३ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast