दाउरा खोज्न जाँदा श्रीमतीलाई खोलाले बगायो, श्रीमान घाइते

हिमाल प्रेस १६ साउन २०८१ १४:४३ | Wednesday, July 31, 2024
दाउरा खोज्न जाँदा श्रीमतीलाई खोलाले बगायो, श्रीमान घाइते फाइल तस्बिर।

बर्दिया- बर्दियाबाँसगढी नगरपालिक -३ माहादेवास्थित मानखोलामा दाउरा खोज्न गएका श्रीमतीलाई खोलाले बगाएको छ भने श्रीमानको उद्धार भएको छ। बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा पार्वती थारुलाई बेपत्ता बनाएको छ। उनका श्रीमान जागुलाई भने‍ घाइते अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको छ।

बाढीले बगाएको  भन्ने सूचना पाएलगत्तै सशस्त्र  प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाबाट खटिएको १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई उद्धार गरेको हो।

घाइते जागुलाई उपचारलाई मेडिकल कलेज कोहलपुर पठाइएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १६ साउन २०८१ १४:४३ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast