‘तेल भिसा’ को छायांकन सकियो, विपिन दोहोरो भूमिकामा

हिमाल प्रेस ६ साउन २०८१ ११:५४ | Sunday, July 21, 2024
‘तेल भिसा’ को छायांकन सकियो, विपिन दोहोरो भूमिकामा

काठमाडौँ- शंकर घिमिरेको निर्देशनमा बनेको फिल्म ‘तेल भिसा’ को छायांकन ३५ दिनमा सकिएको छ। फिल्म ७० प्रतिशत अमेरिका र ३० प्रतिशत चितवनमा छायांकन गरिएको निर्माण टिमले जनाएको छ।

छायांकन सकिएकाे घाेषणा कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत उपस्थित थिइन्। उनले चितवनको भरतपुरमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिइन्। साथै तेल भिसालाई सफलताको शुभकामना दिँदै फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफू हेर्न उत्सुक भएको बताइन्।

निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गरेका छन्। यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’, ‘तुलसी’लगायत फिल्म निर्माण तथा निर्देशन गरेका थिए।

फिल्ममा अभिनेता विपिन कार्की पहिलो पटक दोहोरो भूमिकामा देखिने छन्। दर्शकले विपिनको जवान र बृद्ध गरी दुई अवतार दर्शकले हेर्न पाउनेछन्।

फिल्ममा अन्य कलाकार वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा, बुद्धि तामाङलगायतको अभिनय छ। फिल्म मंसिर ७ मा प्रदर्शन हुनेछ। फिल्म सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ।

वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ।

प्रकाशित: ६ साउन २०८१ ११:५४ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast