तीन ग्यालरीमा कला प्रदर्शनी

हिमाल प्रेस १३ साउन २०८१ १७:२३ | Sunday, July 28, 2024
तीन ग्यालरीमा कला प्रदर्शनी
काठमाडौँ- काठमाडौँका विभिन्न आर्ट ग्यालरी, कला परिषद् र ललितपुरस्थित एक्युब ग्यालरी चित्रकला प्रदर्शनी भरिएकाे छ।
बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार प्रियम प्रधान र उgको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएकाे छ। उनको कला प्रर्दशनीको शीर्षक ‘रास लिला: द डिभाइन डान्स’ राखिएको छ।
शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरु प्रस्तुत गरिएका छ। मूर्तिकला, प्रतिस्थापन कला, चित्रकला, कपडाहरु, सङ्गीत र लघु चलचित्रका माध्यम अपनाएर महाभारतको प्राचीन दर्शन बुझाउन खोजिएको कलाकार प्रधान बताउछन्। उनका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य वैदिक दर्शनका कथा र ग्रन्थ प्रयोग गरी युवा वर्गमा यसको महत्व जगाउनु हो ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले सिर्जना गरेका प्रिन्ट मेकिङ कला प्रदर्शन गरिएकाे छ। जसको शीर्षक छ, ‘इम्प्रिन्टस’।
ललितपुरस्थित एक्युब ग्यालरीमा भने आइतबार (आज) देखि अमेरिकी कलाकार फिल रोविन्सनको एकल चित्रकला प्रदर्शन सुरु भएको छ। ‘नेपाल कहाँ छ ?’ शीर्षकमा उनले कोरेका चित्रकलामा कलाको सौन्दर्य वर्णन गरिएको छ।
कलाकारले नेपाल घुमेर महसुस गरेका दृश्यलाई क्यानभासमा उतारिएकाे छ।  ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठका अनुसार विदेशी कलाकारको नजरमा नेपाल कला नै कलाले भरिएको देश मानिन्छ। त्यसैले चित्रमार्फत नेपाल सुन्दरता र कला कहाँ कति छ नियाल्ने काम अमेरिकी कलाकार रोविन्सनले गरेकाे उनले बताए।
प्रकाशित: १३ साउन २०८१ १७:२३ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast