सांकेतिक तस्बिर
काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन्। पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन्। सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन्।
उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन्। त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन्।
आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए। सो अवधिमा ६६ लाख चार हजार एक सय ६५ राजस्व संकलन भएको थियो।
प्रकाशित: १६ साउन २०८१ ७:०८ | Wednesday, July 31, 2024
प्रतिक्रिया




