काठमाडौँ- डोनाल्ड ट्रम्पलाई शनिबार चुनावी र्यालीको क्रममा गोली लागेको छ। चुनावी सम्बोधनका क्रममा दाहिने कानमा गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पेन्सिलभेनियामा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो। प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो। त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरू सुनिएको थियो।
प्रकाशित: ३० असार २०८१ ६:५८ | Sunday, July 14, 2024
प्रतिक्रिया




