ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव

हिमाल प्रेस १ साउन २०८१ ९:१४ | Tuesday, July 16, 2024
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव

काठमाडौँ- ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन्। परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका थिए।

निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिए। यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन्।

सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रसाईँले बताए।

कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार एक सय ९३ जनाले मतदाता रहेकामा एक हजार ३१ मतदाताले मतदान गरेका थिए।

प्रकाशित: १ साउन २०८१ ९:१४ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast