झापामा तीन घण्टामा उच्च वर्षा, सतर्क रहन सुझाव

हिमाल प्रेस ३ साउन २०८१ ८:०४ | Thursday, July 18, 2024
झापामा तीन घण्टामा उच्च वर्षा, सतर्क रहन सुझाव पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान

काठमाडौँ- झापामा पछिल्लो तीन घण्टामा अत्यधिक वर्षा भएको छ। शनिश्चरेमा पछिल्लो ३ घण्टामै १०० मिलिमिटरभन्दा बढीसम्म वर्षा मापन भएको छ। शनिश्चरे र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले बिरिङ, अधुवा र अन्य साना खोलाका आसपास बस्नेहरूलाई ​सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

अहिले भने यहाँ पानी पर्न केही कम भएको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेपछि संकेतस्वरूप साइरन बजाइएको थियो।

यस्तै गएराति डोटी र सिन्धुपाल्चोकका विभिन्न स्थानमा पनि भारी वर्षा मापन भएको छ। सिन्धुपाल्चोकको मानेखर्कमा लगायत स्थानमा ६० मिलिमिटरसम्म वर्षा भएको छ। डोटीमा ५४.८ मिलिमिटिर वर्षा भएको मौसमविद् अधिकारीले बताए।

प्रकाशित: ३ साउन २०८१ ८:०४ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast