जाजरकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

हिमाल प्रेस ४ साउन २०८१ ६:१९ | Friday, July 19, 2024
जाजरकोटमा खोलाले बगाउँदा बालक बेपत्ता प्रतीकात्मक तस्बिर।

सुर्खेत- जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन्।

बिहीबार दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण खाेलामा बाढी आएकाे थियाे।

प्रकाशित: ४ साउन २०८१ ६:१९ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast