जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

हिमाल प्रेस १४ साउन २०८१ १४:१० | Monday, July 29, 2024
जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराताको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउँदै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे।

नेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एशियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको बताउँदै नेपाल जापानबीचको सम्बन्ध जनस्तरमासमेत सुदृढ रहेको उनको भनाइ थियो।

उनले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्धमासमेत अन्तर्राष्ट्रिय मञ्चहरुमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

नेपाली विद्यार्थीहरुले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकोमा पनि उनले सन्तोष प्रकट गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरुले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए।

उनीहरुले जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमाा प्रविधि सिकेर नेपालनै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुशी लागेको बताउँदै नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकाहरुलाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए।

त्यस्तै उनीहरुले आर्थिक गतिविधिका लागि राजधानी काठमाडौँ बनिरहेको अहिलेको परिस्थितिलाई विकेन्द्रीत गरी गाउँगाउँबाट जापान जाने र प्रविधि सिकेर त्यही गएर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए ।

प्रकाशित: १४ साउन २०८१ १४:१० | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast