जगदुल्ला गाउँपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

हिमाल प्रेस १३ साउन २०८१ ९:०८ | Sunday, July 28, 2024
जगदुल्ला गाउँपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

काठमाडौँ- जगदुल्ला गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ। गाउँपालिकाभित्रका आधारभूत तहको कक्षा १ देखि ५ सम्म ‘हामी, हाम्रो जगदुल्ला गाउँपालिका’ नामको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको हो।

पलिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाका अनुसार पाठ्यक्रमले स्थानीय वेशभुषा, कला, संस्कृति, रहनसहन, पर्यटन, जीवनशैलीलगायत विविध पक्षलाई समेटेको छ। साथै पुराना कला, संस्कृतिलाई संरक्षण, सम्भावनाको पहिचान तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बुढाले बताए।

पाठयक्रमको साप्ताहिक पाठ्यघण्टा पाँच र वार्षिक कार्यघण्टा एक सय ६० र तथा पूर्णाङ्क १०० निर्धारण गरिएको छ।(रासस

 

प्रकाशित: १३ साउन २०८१ ९:०८ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast