चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

हिमाल प्रेस ५ साउन २०८१ १८:२४ | Saturday, July 20, 2024
चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

लुम्बिनी- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्। प्रतिनिधिसभामा जनमोर्चाका एकमात्र सांसद केसीले सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने बताउँदै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताएका हुन्।

प्रगतिशील पत्रकार संघ नेपालले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले ठूला दुई दलबीचको सरकारको भविष्य कहिलेसम्म भन्ने यकिन नै नरहेको बताए।

सरकार चलाउनेहरूको चरित्र र व्यवहार गतिलो नभएकाले सरकारलाई विश्वासको मत नदिने उनले बताए। केसीले सत्ता चलाउँदै आएका दलका नेताहरूको गल्तीका कारण लोकतन्त्र, गणतन्त्रको स्थायित्व हुन नसकेको दाबी गरे।

संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रकाशित: ५ साउन २०८१ १८:२४ | Saturday, July 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast