चितवन राष्ट्रिय निकुञ्जमा पुगे तीन लाख ६ हजार ८३७ पर्यटक

हिमाल प्रेस १५ साउन २०८१ ११:२७ | Tuesday, July 30, 2024
चितवन राष्ट्रिय निकुञ्जमा पुगे तीन लाख ६ हजार ८३७ पर्यटक

चितवन– गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ। आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। अघिल्लो आवमा यो संख्या दुई लाख ९९ हजार चार सय १२ थियो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख ७१ हजार सात ३१ थियो। गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका थिए। आव २०७९÷८० मा यो संख्या २३ हजार २५७ थियो।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेको बताए।

प्रकाशित: १५ साउन २०८१ ११:२७ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast