चितवनमा पहिरोले बगाएका दुई बस : नदीको बहाब झन् बढ्याे, बेपत्ता यात्रुहरू उद्धारमा समस्या

हिमाल प्रेस २८ असार २०८१ ८:२६ | Friday, July 12, 2024
चितवनमा पहिरोले बगाएका दुई बस : नदीको बहाब झन् बढ्याे, बेपत्ता यात्रुहरू उद्धारमा समस्या तस्बिर सौजन्य : सशस्त्र प्रहरी

काठमाडौँ- अविरल वर्षाका कारण चितवनमा पहिरोले बगाएका दुईवटा यात्रुबाहक बसका बेपत्ता यात्रुहरूकाे उद्धारमा समस्या भएको छ।

आज बिहान ३ बजे भरतपुर महानगरपालिका–२९ सिमलताल अविरल वर्षाका कारण ठूलो पहिरोले वीरगंजबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको यात्रुबस बगाई नारायणी नदीमा बेपत्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता तथा डीएसपी भेषराज रिजालले ठाउँठाउँमा पहिरो खसेकाले मुग्लिन र चितवनतर्फबाट पनि गोताखोर टोली जाममा परेर घटनास्थलमा जान नसकेको बताए।

उनका अनुसार घटनास्थलमा अहिले बसको थोरै भाग देखिएको छ। नदीको बहाब झन् बढेको छ। वर्षा रोकिएको छैन। उद्धारमा समस्या भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुईवटै बस नदीमा डुबेको छ भने यात्रुहरूको अवस्था अज्ञात रहेको छ।

प्रकाशित: २८ असार २०८१ ८:२६ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast