चितवनमा ढुंगाले लागेर बस चालकको मृत्यु, यात्रु अलपत्र

हिमाल प्रेस २८ असार २०८१ ११:०४ | Friday, July 12, 2024
चितवनमा ढुंगाले लागेर बस चालकको मृत्यु, यात्रु अलपत्र प्रतीकात्मक तस्बिर।

चितवन- भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुंगाले लागेर बस चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुंगाले लागेको थियो।

आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन्।

प्रकाशित: २८ असार २०८१ ११:०४ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast