काठमाडौँ- फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेता निश्चत बस्नेत अनुबन्धित भएका छन्। निर्माण टिमले अभिनेता बस्नेतसँग कागजी सम्झौता गरेकाे छ। यसअघि फिल्ममा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भइसकेका छन्।
फिल्मका दीपेन्द्र के. खनाल हुन्। फिल्म साउन अन्तिम सातादेखि छायांकन सुरु गरिने निर्देशक खनालले जानकारी दिए। फिल्म सामाजिक कथामा आधारित छ।
फिल्मको स्क्रिप्ट उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन्। उनको लेखनमा पहिलोपटक फिल्म बन्न लागेको हो। फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता छन् भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको प्रस्तुतिमा बन्नेछ। फिल्म २०७९ सालमा प्रदर्शन भएको ‘के घर के डेरा’को सिक्वेल हो।
प्रकाशित: ७ साउन २०८१ १३:१४ | Monday, July 22, 2024
प्रतिक्रिया




