‘घरज्वाइँ’ व्यापार सुखद बनेपछि थपिए ‘शो’

हिमाल प्रेस २९ असार २०८१ ८:५० | Saturday, July 13, 2024
‘घरज्वाइँ’ व्यापार सुखद बनेपछि थपिए ‘शो’

काठमाडौँ- शुक्रबारमा हलमा पुगेको ‘घरज्वाइँ’ फिल्मले पहिलो दिन नै बक्स अफिसमा सुखद व्यापार गरेको छ। बिहानी शोमा भारी वर्षाले केही असर गऱ्यो। दिउँसोका शो हरूमा भने देशैभर ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरकको दाबी छ।

फिल्मको अकुपेन्सीका आधारमा हलहरूले शनिबारको लागि थप शोहरू उपलब्ध गराएको देखिएको छ। प्रिमियरमा तारिफ पाएको यो चलचित्रले दर्शकबाट पनि उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। जसको कारण शनिबार हलमा दर्शकको चाप बढ्ने अनुमान गरिएको छ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन् भने जनक घर्ति मगरले निर्माण गरेका छन्।

यसमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

प्रकाशित: २९ असार २०८१ ८:५० | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast