घट्यो सुनको भाउ

हिमाल प्रेस ३ साउन २०८१ ११:१४ | Thursday, July 18, 2024
घट्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य घटेको छ। तीन दिन लगातार बढेको सुनको भाउ बिहीबार भने सामान्य घटेको हो।

बुधबार सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको थियो। यो मूल्य नै हालसम्मकै उच्च विन्दु हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ साउन २०८१ ११:१४ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast