गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामामा विदेश पठाउन दबाब दिने कर्मचारी पक्राउ

हिमाल प्रेस २७ असार २०८१ १५:२१ | Thursday, July 11, 2024
गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामामा विदेश पठाउन दबाब दिने कर्मचारी पक्राउ गृह मन्त्रालय

काठमाडौँ-  गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्।

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका थिए।

जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीले आज मन्त्रालयबाटै पक्रन लगाएको उनको सचिवालयले जनाएको छ। भिजिट भिसामा गैरकानुनी रुपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। विष्टलाई मावन बेचबिखन अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो। विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

प्रकाशित: २७ असार २०८१ १५:२१ | Thursday, July 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast