गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाको अध्ययन गर्न कार्यदल

हिमाल प्रेस ३१ असार २०८१ १६:५६ | Monday, July 15, 2024
गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाको अध्ययन गर्न  कार्यदल

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले गत शनिबार नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालको पहिरोमा हराएका बसबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन्।

गृहमन्त्रालयमा पदभार ग्रहण गरेपछि गृहमन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन्। कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन्।

कार्यदललाई १० दिन समय दिइएको छ। गृहमन्त्री लेखकले गृहमन्त्रीको रुपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रीत हुने बताए।

उनले प्राकृतिक प्रकोपको कारण सिर्जित परिस्थितिको सम्बोधन गर्ने पनि बताए। ‘अहिले प्राकृतिक प्रकोपले जुन विषम परिस्थिति उत्पन्न गरेको छ, यसको सम्बोधन गर्ने हाम्रो दायित्व हो,’ गृहमन्त्री लेखकले भने, ‘मेरा सबै कामहरू देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित रहनेछ।’

सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जनाको शव फेला परेका छन्।

प्रकाशित: ३१ असार २०८१ १६:५६ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast