गुपचुप रूपमा संविधान संशोधन स्वीकार्य हुँदैन : नेपाल

हिमाल प्रेस १२ साउन २०८१ १८:३१ | Saturday, July 27, 2024
गुपचुप रूपमा संविधान संशोधन स्वीकार्य हुँदैन : नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गुपचुप रूपमा संविधान संशोधन स्वीकार्य नहुने बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले गुपचुप रूपमा संविधान संशोधन गर्न लागिएको र त्यो जायज नभएको जिकिर गरे।

संविधान संशोधन अपरिहार्य भए पनि सबै दलको सहमतिविना गर्न नमिल्ने उनको भनाइ छ।

नेपालले कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पर्दापछाडि अर्कै कुरा लुकेको दाबी गरे।

कांग्रेस–एमालेले आफ्नो स्वार्थ पूरा गर्न संविधान संशोधनको विषय अगाडि सारेको उनले बताए।

अध्यक्ष नेपालले जनताको त्याग र तपस्याबाट बनेको संविधानमा कुनै प्रकारको आघात नगर्न चेतावनी दिए।

प्रकाशित: १२ साउन २०८१ १८:३१ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast