‘गिरीबन्धु-भुटानी शरणार्थीमा कसैले छुट पाउनुहुन्न, रवि लामिछानेले बिदा हुँदा रमाइलो झुट बोल्नु भो’

हिमाल प्रेस १३ साउन २०८१ १५:२७ | Sunday, July 28, 2024
‘गिरीबन्धु-भुटानी शरणार्थीमा कसैले छुट पाउनुहुन्न, रवि लामिछानेले बिदा हुँदा रमाइलो झुट बोल्नु भो’ विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रोकिन नहुने बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा शर्माले सरकारले स्टन्ट गर्न छोडेर कामकारबाही अघि बढाउनुपर्ने बताएका हुन्।

‘गिरीबन्धुमा कसैले छुट पाउनुहुन्न। नक्कली भुटानी शरणार्थी पनि त्यही हो। जुनबेला फाइल खुलेको थियो त्यो बेला कांग्रेस र माओवादीको सरकार थियो,’ निवर्तमान गृहमन्त्री रवि लामिछानले बिदा हुने बेलामा रमाइलो झुट बोल्नुभयो । कुनै फाइल खोलेको २४ घण्टामा सरकार ढालियो भनेर मिठो भ्रम दिनुभयो । त्यो केवल गलत थियो ।’

रवि लामिछाने मन्त्री हुनुभन्दा ९ महिनाअघि नै भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको शर्माले बताए।

प्रकाशित: १३ साउन २०८१ १५:२७ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast