गण्डकीमा कार्यवाहक मुुख्यमन्त्रीको जिम्मेवारी विन्दु थापालाई

हिमाल प्रेस ११ साउन २०८१ १४:३४ | Friday, July 26, 2024
गण्डकीमा कार्यवाहक मुुख्यमन्त्रीको जिम्मेवारी विन्दु थापालाई

पोखरा– गण्डकीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेबारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिइएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारतको नयाँदिल्ली जाने भएपछि मन्त्री थापालाई कार्यवाहको जिम्मेबारी दिइएको हो।

घुँडासम्बन्धी समस्याको उपचारका लागि मुख्यमन्त्री पाण्डे शनिबार दिल्ली जाने भएका छन्।

मुख्यमन्त्री पाण्डे नियमित उपचारका लागि दिल्ली जान लागेको प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए। उनका अनुसार पाण्डे ४ दिनपछि फर्किने छन्।

प्रकाशित: ११ साउन २०८१ १४:३४ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast