‘गणेशकवि श्यामदास वैष्णव’ नामक जीवनीकृतिको लोकार्पण

हिमाल प्रेस ११ साउन २०८१ २०:२४ | Friday, July 26, 2024
‘गणेशकवि श्यामदास वैष्णव’ नामक जीवनीकृतिको लोकार्पण

काठमाडौँ- नइ प्रकाशनको संयोजनमा वानीरा फाउन्डेसनले आज (शुक्रबार) काठमाडौँमा गणेशकवि श्यामदास वैष्णवको शतवार्षिकी मनाएको छ। सो अवसरमा नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’ नामक जीवनीकृतिको पनि लोकार्पण गरिएको थियो।

प्रमुख अतिथि लोकमानसिंह कार्की, नीर शाह र ई.शंकर गिरीबाट लोकार्पित उक्त कृतिमा वैष्णवको जीवनका सम्पूर्ण दस्तावेजलाई सक्षेपमा प्रस्तुत गरिएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसन अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा भएको समारोहमा नीर शाह, मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईले वैष्णवको जीवन र कृतिका बारेमा धारणा राखेका थिए।

‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध पनि सविस्तार खुलाइएको फाउन्डेसनको भनाइ छ।

प्रकाशित: ११ साउन २०८१ २०:२४ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast