 
                             
                                            काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्नुपर्ने बताएका छन्। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत साबित भएको भन्दै अब ढिला नगरी विकल्प खोज्ने बेला आएको बताएका हुन्।
राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको राज्य व्यवस्थाले मनपरितन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे। व्यक्ति परिवर्तन गरेर समस्याको समाधान नहुने भन्दै थापाले ड्राइभर फेरेर, बस परिवर्तन गरेर अहिलेको समस्या नहुने भएकाले बाटो नै परिवर्तन गर्नुपर्ने बताए।
बेरोजगारी समस्या, धर्मपरिवर्तन, आर्थिक मन्दी, भ्रष्टाचार लगायतका समस्या समाधान नगरी मुलुकले सहि गति लिन नसक्ने भन्दै थापाले विदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएको समेत बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 