गजल

राजन रेग्मी १२ साउन २०८१ १६:१५ | Saturday, July 27, 2024
गजल

बेच्छौ, खेत छोराका लागि निसानी बेच्छौ
एक्लै बस्ने भए किन आफ्नो लगानी बेच्छौ?

वृद्ध घर राख्न एकरद्दी सक्दैन उसले
उसकै लागि किन खाडीमा जवानी बेच्छौ?

डोकोमा आमा राख्दा मन पोल्दैन तिम्रो
मन्दिरको ढोकामा बसी तिमी भवानी बेच्छौ!

तिम्रो बारे सोध्छन् त्यसैले म एक्लै बस्छु
चर्चा पाउन तिमी झुठो कहानी बेच्छौ!

बोझले थिच्दा पनि म हाँस्दैहाँस्दै हिँड्छु
भिउजका लागि तिमी आँखाको पानी बेच्छौ!

थोरै सीमा मिच्दा पनि रगत उम्लिन्छ हाम्रो
नेताजी! मेसो मिलाई कसरी तिमी खानी बेच्छौ?

प्रकाशित: १२ साउन २०८१ १६:१५ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast