‘खुस्मा’ को गीतमा उपासना र धीरजको रोमान्स (भिडियाेसहित)

हिमाल प्रेस १ साउन २०८१ १८:०६ | Tuesday, July 16, 2024
‘खुस्मा’ को गीतमा उपासना र धीरजको रोमान्स (भिडियाेसहित)

काठमाडौँ- फिल्म ‘खुस्मा’को ‘खुसीका फूल बटुलेर’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको गीतका रचनाकार राम अविरल बिष्ट  हुन्। गीतमा गायक योगीले नै संगीत भरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र धीरज मगरकाे प्रेम कथा र रोमान्टिक अभिनय देख्न सकिन्छ। सुरेन्द्र राईको कोरियोग्राफीमा बनेको भिडियो पूर्वी रुकुम आसपास छायांकन गरिएको छ।

फिल्मका लेखक तथा निर्देशक अशोक थापामगर हुन्। यो उनको डेब्यु फिल्म हो। फिल्म असोज ३ गते प्रदर्शन हुनेछ। फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ।

दीपक बज्राचार्यले छायांकन गरेको फिल्मका निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर हुन्। एम मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको गीत केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: १ साउन २०८१ १८:०६ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast