क्यानडालाई हराउँदै उरुग्वे कोपा अमेरिका २०२४ को तेस्रो स्थानमा

हिमाल प्रेस ३० असार २०८१ ८:५३ | Sunday, July 14, 2024
क्यानडालाई हराउँदै उरुग्वे कोपा अमेरिका २०२४ को तेस्रो स्थानमा उरुग्वेका कप्तान लुइस स्वारेज।

काठमाडौँ- उरुग्वेले क्यानडालाई हराउँदै कोपा अमेरिका २०२४ को तेस्रो स्थान पक्का गरेको छ। आइतबार बिहान टाइब्रेकरमार्फत क्यानाडालाई उरुग्वेले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो।

पेनाल्टीमा उरुग्वेका लागि चारै प्रहार गोलमा परिणत गरेको थियो। क्यानडाका लागि भने इस्माल कोने गोल गर्न चुके। उनको प्रहारलाई सर्जिओ राचेटले रोकेका थिए । यस्तै अल्फोन्सो डाभिसको प्रहार पोस्टमा लागेको थियो ।निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगेको थियो र त्यससँगै खेल सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो।

उरुग्वेले आठौं मिनेटमा रोड्रिगो बेन्टकरको गोलले अग्रता लिएको थियो । पहिलो हाफको २२ औ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो र कोनेको नाममा रह्यो। जोनाथन डाभिडले ८० औं मिनेटमा क्यानडाका लागि निर्णायक गोल गरे। खेलको अन्त्यतिर उरुग्वे चर्को दबाब सिर्जना गरेपछि इन्ज्युरीको दोस्रो मिनेटमा लुइस स्वारेजले गोल गरे र खेल बराबरीमा टुंगियो।

प्रतियोगिताको फाइनलमा सोमबार डिफेन्डिङ च्याम्पियन तथा विश्व च्याम्पियन अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ। सेमिफाइनलमा अर्जेन्टिनाले क्यानाडा र कोलम्बियाले उरुग्वेलाई हराएको थियो ।

प्रकाशित: ३० असार २०८१ ८:५३ | Sunday, July 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast